+
+

विपद्को क्षतिको विवरण ३ दिनभित्र पेश गर्न उपप्रधानमन्त्री पौडेलको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १७ गते १३:२२

१७ असार, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले प्राकृतिक विपद्को क्षतिको विवरण र पुनर्निर्माण कार्ययोजना पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

विपद् व्यवस्थापन सम्बन्धी बिहीबार आयोजित समन्वयात्मक बैठकमा गृहमन्त्री पौडेलले सम्बन्धित मन्त्रालयका सचिव र सरोकारवालालाई क्षतिको विवरण तयार गरी कसरी पुनर्निर्माण गर्न सकिन्छ भन्नेबारे कार्ययोजना तीन दिनभित्र पेश गर्न निर्देशन दिएका हुन् ।

बैठकमा मन्त्री पौडेलले विपद् प्रभावित क्षेत्रमा चाँडोभन्दा चाँडो राहत उपल्बध गराउनु पर्ने, सडक अवरुद्ध हुन नदिने र अत्यावश्यक संरचना पुनर्निर्माण गर्न निर्देशनसमेत दिएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिए ।

बैठकमा संघीय मामिला, खानेपानी, शहकी विकास, भौतिकपूर्वाधार, अर्थमन्त्रालयलगायत सम्बन्धित मन्त्रालयका सचिवहरु र सुरक्षा निकायका प्रमुखहरु उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?