Comments Add Comment

शुक्रबारबाट भिसा सेवा नियमित, एक सातासम्म पर्यटकलाई छुट

१७ असार, काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएसँगै बन्द भएको भिसा सेवा शुक्रबारबाट सुचारु हुने भएको छ । अध्यागमन विभागले यसअघि अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरेको थियो । बन्द भएको सेवा शुक्रबारबाट सुरु गर्ने निर्णय भएको विभागले जनाएको छ ।

विभागका अनुसार शुक्रबारबाट आगामी एक सातासम्म नेपालमा रहेका पर्यटकले भिसा सम्बन्धी कामका लागि विभिन्न छुट तथा सहुलियतको सुविधा प्राप्त गर्न सक्ने भएका छन् ।

विभागका अनुसार २०७८ वैशाख १५ सम्म वैध भिसा भएका विदेशी नागरिक २४ असारभित्र नेपालबाट बाहिरिँदा अध्यागमन कार्यालय, त्रिभुवन विमानस्थलबट निःशुल्क भिसा नियमित गरिनेछ ।

नेपालमै रहन चाहने पर्यटकले भने २४ असार भित्र आवेदन गरेमा विलम्ब शूल्क र जरिवाना नलिई भिसा शुल्क मात्र लिएर नियमित गरिने विभागले जनाएको छ । २४ असारपछि आउने विदेशीको हाकमा भने भिसा शुल्क, विलम्ब शूल्क र जरिवाना समेत लाग्ने छ ।

निषेधाज्ञाको अवधि नगनिने

नेपाललमा एक जना पर्यटकले एक वर्षमा पर्यटक भिसामा बढीमा १५० दिन मात्र रहन सक्ने प्रावधान रहेको छ । तर, निषेधाज्ञा भएको समयलाई भने सरकारले पर्यटक भिसाको यो अवधिबाट छुट दिने भएको छ ।

अर्थात् यो वर्ष पर्यटकले २१० दिनसम्मको बसाईलाई पर्यटक भिसा लिन सक्ने गरि निर्णय भएको समेत विभागले जानकारी गराएको छ ।

नेपालमा सरकारले वैशाखको पहिलो साताबाट विभिन्न जिल्लामा निषेधाज्ञा थालेको थियो । उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा शुरु भएको हो । यो बेला हजारौं पर्यटक पर्वतारोहणको सिलसिलामा नेपालमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment