
१ साउन, जनकपुरधाम । महोत्तरी सदरमुकाम जलेश्वरस्थित पोखरीमा डुबेर एकजना बालकको मृत्यु भएको छ ।
जलेश्वर नगरपालिका वडा नम्बर ५ निवासी ४ बर्षका बालक आरुष कापरको घरदेखि एक किलोमिटरको दूरीमा रहेको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखरीमा डुबेको अवस्थामा फेला परेका बालकको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएपनि उपचारका क्रममा मृत्यु भएको महोत्तरी प्रहरीका प्रबक्ता एवं डिएसपी प्रकाश बिष्टले बताए ।
बालक कसरी पोखरीसम्म पुगेको हो भन्ने थाहा हुन नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4