+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एनआरएनए यूकेको अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा, ७ आईसीसी सदस्य निर्विरोध

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ८ गते ६:५४

लण्डन । एनआरएनए यूकेको अध्यक्षमा त्रिपक्षीय भिडन्त हुने भएको छ। ३१ जुलाईमा हुने निर्वाचनका लागि लण्डन निवासी प्रेम गाहा मगर,रोजिना प्रधान राई र दीपक श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको हो। मगर र राई वर्तमान कार्य समितिका उपाध्यक्ष हुन् भने श्रेष्ठ ङ्ल्याण्ड राज्य परिषदका अध्यक्ष हुन् ।

दुई खुल्ला उपाध्यक्षका लागि सुनिलबाबु खड्का, पवन शर्मा, तेजेन्द्र रोकामगर, गोविन्द खरेल र अमन गौचन चुनावी मैदानमा उत्रिएका छन्। राज्य परिषद अन्तर्गतका चारमध्ये वेल्सबाट चयन हुने उपाध्यक्षका लागि रामचन्द्र पोखरेल निर्विरोध बनेका छन्।

स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्ष पदका लागि मोहन कार्की र छविलाल अर्याल, नर्दन आयरल्याण्डबाट नारायण कंडेल र नारायण कुंवरबीच प्रतिस्पर्धा हुने भएको छ। महिला उपाध्यक्षमा प्रसुना कंडेल, शकुन्तला गुरुङ र सरस्वती केसीबीच त्रिपक्षीय भिडन्त हुने भएको छ। महासचिवमा खुसी लिम्बु, जीत रानाभाट र मुकुन्द बास्तोलाले उम्मेदवारी दिएका छन् ।

खुला २ सचिवका लागि धातानन्द खरेल (डिएन खरेल), ज्ञानेन्द्र आले, विशाल गुरुङ र विष्णु चालिसेले उम्मेदवारी दिएका छन् । महिला सचिवमा कल्पना त्रिपाठी र नम्रता घलेबीच भिडन्त हुँदैछ।

कोषाध्यक्षमा विष्णुप्रसाद खरेल र धनसरी राई तथा सह–कोषाध्यक्षमा हेम गुरुङ र सशांक शर्माको उम्मेदवारी परेको छ। ।त्यसैगरी युथ कोअर्डिनेटरमा तीर्थबहादुर मल्ल (अनिल) र चन्दन गुरुङ,महिला संयोजकमा मनिकला राई गुरुङ र विमला लिम्बुको उम्मेदवारी परेको छ ।

२७ सदस्यीय कार्य समितिमा १३ सदस्य निर्वाचित हुने छन् । त्यसका लागि २० जनाको उम्मेदवारी परेको छ ।

७ आइसीसी सदस्य निर्विरोध 

यूकेबाट आइसीसीमा प्रतिनिधित्व गर्ने ७ जना नै निर्विरोध निर्वाचित भएका छन् ।आइसीसी सदस्यमा समिर खनाल, दिनेश घिमिरे, कोशलेश्वर ढकाल (कृष्ण), राजेन्द्रप्रसाद पुडासैनी, महेश अधिकारी, एलएन पाण्डे, भिमलाल भट्टराई निर्विरोध बनेका हुन्। दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि सातै जना आईसीसी सदस्यहरु निर्विरोध बनेका हुन्।

एनसीसी यूकेले ११ हजार तीन सयको हाराहारीमा सदस्यता रहेका छन्। एनआरएनए केन्द्रीय महाधिवेशनमा नै प्रभाव पार्न सक्ने बलियो एनसीसी यूकेको चुनावले संसारभरका गैर आवासीय नेपालीहरुको ध्यान खिच्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?