Comments Add Comment

कक्षा ४, ७ र ९ को नयाँ पाठ्यक्रमको परीक्षण शुरु

फाइल तस्वीर : पाठ्यक्रम विकास केन्द्र

१३ साउन, काठमाडौं । आगामी शैक्षिक सत्र २०७८/८९ मा लागू हुने गरी कक्षा ४, ७, र ९ को नयाँ पाठ्यक्रमको परीक्षण शुरु भएको छ ।

पाठ्यक्रम विकास केन्द्रले कक्षा ४ र ७ का लागि अनिवार्य विषयहरु नेपाली, अंग्रेजी, गणित, विज्ञान र प्रविधि, सामाजिक अध्ययन मानव मूल्य शिक्षा, स्वास्थ्य शारीरिक सिर्जनात्मक कला र ९ को लागि अनिवार्य नेपाली, अंग्रेजी, गणित, सामाजिक अध्ययन र विज्ञान तथा प्रविधि विषय परीक्षणको लागि तयार गरेको छ ।

कक्षा ४ र ७ का लागि स्थानीय विषय वा स्थानीय मातृभाषाको पाठ्यक्रम स्थानीय तहले तर्जुमा गर्नेछन् । केन्द्रले त्यसका लागि सातै प्रदेशका ७६ विद्यालयमा परीक्षण शुरु गरेको जनाएको छ । यो पाठ्यक्रम आगामी शैक्षिक सत्रमा लागू हुनेछ ।

केन्द्रका सूचना अधिकारी गणेशप्रसाद भट्टराईले सबै प्रदेशका छनोटमा परेका विद्यालयमा परीक्षणका लागि पुस्तक पठाइएको जानकारी दिए । केन्द्रले छनोटमा परेका विद्यालयमा पुस्तक पुर्‍याउने काम शुरु गरेको छ ।

यस्तै आगामी शैक्षिक सत्र २०७९/८० मा कक्षा ५ को र २०८०/८१ मा कक्षा ८ र १० को नयाँ पाठ्यक्रम परीक्षण हुनेछ । सरकारले गत शैक्षिक सत्रमा कक्षा १ र ११ मा तथा चालु शैक्षिक सत्रमा कक्षा २, ३, ६ र १२ कक्षामा नयाँ पाठ्यक्रम लागू गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment