+
+

‘म राजेश हमाल’ बन्दै, आर्यन केमियो भूमिकामा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १ गते १३:००

एक दशक अगाडि नायक राजेश हमालको नामबाट ‘मेरो राजेश दाई’ नामक चलचित्र निर्माण भएको थियो । यो चलचित्रको शिर्ष भूमिकामा राजेश हमालले नै काम गरेका थिए । तर, चलचित्रले बक्स अफिसमा सफलता पाउन सकेन । हमालको नामबाट बनेको पहिलो चलचित्र नै बक्स अफिसमा चिप्लदा हमाललाई नै केही अप्ठ्यारो भयो ।

अब, एक दशकपछि हमालको नामबाट नै अर्को चलचित्र बन्ने भएको छ । केदार भुषालको निर्माणमा बन्न लागेको चलचित्रको नाम ‘म राजेश हमाल’ राखिएको छ ।

यो चलचित्र राजेश हमालको बायोपिक भने होइन । तर, राजेश हमालको जीवनकथाबाट प्रभावित हुने निर्माता भुषालले बताए । चलचित्रमा नामका लागि राजेश हमालले मौखिम सहमती दिएपनि कागजी सहमती भने हुन बाँकी रहेको भुषालको भनाई छ ।

यो चलचित्रमा संञ्चिता लुइटेल, मुकुन भुषाल, महेश त्रिपाठी, एवनराज उप्रेती, संजोग रसाइली, अस्मिता लामिछाने लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रलाई विक्रम लामाले निर्देशन गर्न लागेका हुन् । यो चलचित्रको छायांकन आउँदो भदौमा धनगढीबाट सुरु गरिने निर्माणपक्षले बताएको छ ।

चलचित्रमा नायक आर्यन सिग्देलले केमियो भूमिकामा काम गर्ने पक्का भएको छ । हमालसँग पनि केमियो भूमिकाका लागि कुरा भएपनि फाइनल नभएको निर्माणपक्षले अनलाइनखबरलाई जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?