+
+

धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीईओलाई निलम्बन गरी कारबाही थाल्न सांसदको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते १२:२५

४ भदौ, काठमाडौं । शेयर बजारमा भएको इन्साइडर ट्रेडिङको विषयमा बहालवाला वा पूर्व न्यायाधीशको संयोजकत्वमा छानबिन समिति बनाउन सांसदहरूले माग गरेका छन् । शुक्रबार संसदको अर्थसमितिमा सहभागी सांसदहरूले अर्थमन्त्री जनार्दन शर्मासँग यस्तो माग गरेका हुन् ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले उच्चस्तरीय समिति बनाएर छानबिन हुनुपर्ने बताए । ‘पूर्व न्यायाधीश नै त भन्दिन, माथिल्लो लेभलबाट छानबिन अनुसन्धान हुनुपर्छ’ उनले भने ।

यस्तै सांसद रामबहादुर यादवले व्यक्ति दोषी देखिएको भन्दै तत्काल निलम्बन गरेर छानबिन हुनुपर्ने बताए । सर्वोत्तम सिमेन्टको सेयर नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाको छोरीको नाममा किनेको भेटिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि श्रीमतीको नाममा सेयर किनेका छन् । नियामक निकायको नेतृत्वमा बसेर भित्री सूचनाको आधारका सेयर किनिएको भन्दै सांसदहरूले छानबिन भएर दोषीमाथि कडा हुनुपर्ने बताए ।

सांसद सत्या पहाडीले पूर्व सरकारले गरेका नियुक्तिहरुमा कमजोरी रहेको र अन्य पनि विस्तारै खुल्दै जाने बताइन् । दोषीलाई कारबाही नहुने भए यसले गलत संस्कार बस्ने उनको भनाई छ ।

सांसद रामकुमारी झाक्रीले बोर्डका कर्माचारीहरुले नै धितोपत्र बोर्ड अध्यक्षका विषयमा धेरै प्रश्न उठाएकाले यसलाई सामान्य रुपमा लिन नहुने बताइन्। उनले यसमा संलग्नलाई तत्कालै निलम्बन गरी छानबिन गर्न गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?