+
+

केन्ट सुप्रिम एक्स्ट्रा मिनरल आरओ वाटर प्युरिफायर नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते १८:५३

काठमाडौं । ईओएल प्रालिले केन्ट सुप्रिम एक्स्ट्रा मिनरल आरओ वाटर प्युरिफायर नेपाली बजारमा ल्याएको छ ।

नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले नयाँ वाटर प्युरिफायर बजारमा ल्याएको हो ।

सबै प्रमुख रिटेल आउटलेटहरूमा उपलब्ध हुने यो नयाँ वाटर प्युरिफायरको मूल्य ३३ हजार ९९० रुपैयाँ रहेको छ ।

यो प्युरिफायर प्रिमियम र एक्स्ट्रा सुविधाहरू भएकोले १०० प्रतिशत शुद्ध र अल्कलाइनसहितको पिउने पानी उपलब्ध हुने कम्पनीको दावी छ । कम्पनीका अनुसार पीएचको स्तर ८.५ देखि ९.५ को बीचमा सुनिश्चित हुने भएकाले स्वास्थ्यलाई राम्रो बनाउने छ ।

यस प्युरिफायरले आरओ प्लस यूभी प्लस यूएफ प्लस टीडीएस नियन्त्रणको बहुशुद्धीकरण प्रक्रिया प्रयोग गर्दछ र यूभी डिस्फेसन टेक्नोलोजीले शुद्ध पानीलाई भण्डारण ट्याङ्कीमा लामो समयसम्म शुद्ध राख्ने कम्पनीले जानकारी दिएको छ । यस प्युरिफायरमा केन्टको आविष्कार शील मिनरल आरआ टेक्नोलोजीले शुद्ध पानीमा अत्यावश्यक प्राकृतिक खनिजहरू जोगाउन टीडीएस कन्ट्रोलर प्रयोग गर्दछ जसले १०० प्रतिशत शुद्ध र खनिजयुक्त पिउने पानी प्रदान गर्ने कम्पनीले बताएको छ ।

‘प्युरिफायरमा कम्प्युटरले नियन्त्रण गरिएको फिल्टर परिवर्तन अलार्म हुन्छ । जसले फिल्टर प्रतिस्थापन गर्ने समय र यूभी फेल अलार्मले जब यूभी बत्ती निस्क्रिय हुँदा सचेत गराउँदछ र उन्नत सुरक्षा र सुविधा सुनिश्चित गर्दछ’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

केन्ट सुप्रिम एक्स्ट्रा पूर्ण रूपले स्वचालित अपरेसन हुने भएकोले जुन भण्डारण ट्याङ्की भरिएपछि अटोमेटिक बन्द हुने र शुद्धिकरण प्रक्रिया तब सुरु हुन्छ जब भण्डारण ट्याङ्कीमा पानी अधिकतम तह भन्दा तल खस्ने कम्पनीको भनाइ छ ।

यो पानी प्यूरीफायर एक बर्षको सेवा वारेन्टीको हुने र देश भरका सबै स्टोरहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?