+
+

एकता वार्ता चलिरहँदा एमालेमा महाधिवेशनको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १७ गते १८:४६

१७ साउन, काठमाडौं । दोस्रो तहका नेताहरुले एकताको प्रयास तीव्र पारिरहेका बेला नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरुको स्थायी कमिटीमा भने विधान अधिवेशन र महाधिवेशन कार्यतालिका प्रस्ताव गरिएको छ ।

आइतबार तुलसीलाल स्मृति भवनमा भएको स्थायी कमिटी बैठकले भदौ २७-२८ मा विधान अधिवेशनको निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

बैठकले ३ असोजमा देशभरका वडा अधिवेशन र ९ असोजमा स्थानीय तहको अधिवेशन गर्ने निर्णय पनि गरेको छ । यो निर्णय अनुमोदनका लागि २४ साउनमा केन्द्रीय कमिटी बैठक बोलाइएको उनले बताए ।

‘देशव्यापी रुपमा असोज ३ गते वडा तहको अधिवेशन गरिसक्छौं र असोज ९ गते हामी पालिका स्तरको अधिवेशन गरिसक्छौं’ उनले भने, ‘विधान अधिवेशन सम्बन्धमा अरु टुंगो गर्नका लागि केन्द्रीय कमिटीको बैठक साउन २४ गते बस्दैछौं ।’

संगठित सदस्यता नवीकरण २७ साउनभित्र सक्ने पनि बैठकले निर्णय गरेको छ ।

विधान अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव, ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र विष्णुप्रसाद पौडेलले विधान संशोधन मस्यौदा तयार पार्नेछन् । बैठकले विधान महाधिवेशनको व्यवस्थापनको जिम्मेवारी भने रामबहादुर थापा बादललाई दिएको छ ।

आइतबारको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी भएको थिएन । उपाध्यक्ष वामदेव गौतम भने बैठकमा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?