+
+
Shares

देवकोटाको घर भत्काएको विषयमा सर्वोच्चले माग्यो लिखित जवाफ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २७ गते १७:२५

२७ साउन, काठमाडौं । सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काउनुपर्नाको कारण पेश गर्न नेपाल प्रज्ञा प्रतिष्ठान लगायतका निकायका नाममा आदेश जारी गरेको छ ।

पूरातात्विक महत्वको घर भत्काएको भन्दै अधिवक्ता सञ्जय अधिकारीले दर्ता गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको इजलासले प्रज्ञा प्रतिष्ठानलगायतका विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।

रिट निवेदकले घर भत्काउन रोक लगाउन अन्तरिम आदेश माग गरेपनि सर्वोच्चले अन्तरिम आदेश दिएन । रिट निवेदनमा पूरातात्विक महत्वको घर भत्काउनु गलत भएको भन्दै त्यसले महाकविसँग जोडिएको धरोहर नाश हुने भएकाले संरक्षण गर्न आदेश हुनुपर्ने माग गरिएको छ ।

प्रज्ञा प्रतिष्ठानले मैतीदेवीस्थित लक्ष्मीप्रसाद देवकोटाको घर भत्काएर अर्को घर बनाउने तयारी गरेको छ । तर देवकोटाको घर नभत्काई रेट्रोफिटिङ गर्नुपर्ने साहित्यकार र संरक्षणविद्हरुले बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?