Comments Add Comment

कैलालीमा जीप खस्दा २ जनाको मृत्युु, ३ जना घाइते

जिप दुर्घटना भएको कैलालीको भासु भीर क्षेत्र ।

२७ साउन, धनगढी । कैलालीको भासुु भीरबाट जिप खस्दा दुुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

बुुधबार धनगढीबाट डोटीतर्फ गइरहेको प्रदेश नम्बर ०३–०१ –०२३ च ९०९५ नम्बरको बोलेरो जिप कैलालीको चुुरे गाउँपालिका–३ (पंगाल) भासुु भीर नजिकै दुुर्घटना हुुँदा दुुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्युु हुुनेमा डोटीको जोरायल गाउँपालिका–१ की ५ वर्षीया एलिसा खड्का र चुुरे गाउँपालिका–६ कि ३६ वर्षीया दुुर्गा साउद रहेको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुुवै जनाको अत्तरियाको पदमा अस्पतालमा उपचारका क्रममा मृत्युु भएको हो । जिप चालक डोटीको जोरायल गाउँपालिका–१ का ३१ वर्षीय रमेश खड्का, २८ वर्षीया निर्मला खड्का र कैलालीको चुरे गाउँपालिका–६ का ८ वर्षीय सशुील साउद घाइते छन् ।

उनीहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये साउदको अवस्था गम्भीर छ । जिप सडकबाट करिब तीन सय मिटर तल खसेको छ । दुुर्घटनाको कारण नखुुलेपनि जिप आफैँ अनियन्त्रित भएको हुुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment