३१ साउन काठमाडौं । बोरुसिया डर्टमण्डले जर्मन बुण्डेसलिगाको नयाँ सिजनमा शानदार सुरुवात गरेको छ । गएराति भएको खेलमा डर्टमण्डले एनट्राट फ्रांकफर्टलाई ५-२ ले पराजित गरेको हो ।
घरेलु मैदान सिग्नल इडुना पार्कमा भएको खेलमा डर्टमण्डका लागि एर्लिन ब्राट हालान्डले ३४औं र ७०औं मिनेटमा गोल गरे । यस्तै मार्को रिउसले २३औं, थोर्गन हाजार्डले ३२औं र जिओभानी रेयाले ५८औं मिनेटमा गोल गरे । फ्रांकफर्टका तर्फबाट हेन्स पेटर हागले ८६औं मिनेटमा एक गोल गरे । डर्टमण्डका फेलिक्स पास्लाकले २७औं मिनेटमा आत्मघाती गोल उपहार दिएका थिए ।
जितपछि डर्टमण्डले ३ अंक जोडेको छ ।
यस्तै बुण्डेसललिगाकै अन्य खेलमा भिएफबी स्टुटगार्डले ग्रेतर पर्थलाई ५-१ ले पराजित गरेको छ । होफेनहाइमले अग्सवर्गलाई ४-० ले र वल्फ्सवर्गले बोचुमलाई १-० ले पराजित गरेको छ । युनियन बर्लिन र बायर लभरकुजनले १-१ को बराबरी खेलेका छन् ।
प्रतिक्रिया 4