Comments Add Comment

डोटीमा एक महीना निषेधाज्ञा थप

जिल्ला प्रशासन कार्यालय डोटी

३२ साउन, डोटी । डोटीमा एक महीना निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले डोटीमा भदौ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञाको समयमा जिल्लाभित्र यातायातका सम्पूर्ण सवारी साधन चलाउन भने पाइनेछ । पार्टी प्यालेस, जिमखाना र स्विमिङ पुल बाहेकका अन्य सबै प्रकृतिका पसलहरु बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी खोल्न पाइने डोटीकी निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् ।

निषेधाज्ञाको समयमा अनावश्यक हिँडडुल गर्न, भीडभाड गर्न, कुनै प्रकारका भेला जात्रा महोत्सव, सभा, सम्मेलन, तालिम गोष्ठी, खेलकुद लगायत सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । शैक्षिक संस्था, प्रशिक्षण केन्द्र ट्युसन सेन्टर भर्चुअल माध्यमबाट मात्र सञ्चालन गर्न सकिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment