+
+
Shares

डोटीमा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

बिहीबार केआईसिंह गाउँपालिका–४ बास्कोट भन्ने ठाउँमा सुपप्र ०१००१ ह ८६८४ नम्बरको अटोरिक्सा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

रामहरि ओझा रामहरि ओझा
२०८३ भदौ ४ गते २१:३२

४ भदौ, डोटी । डोटीमा यात्रु बोकेको अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार घाइते भएका छन् ।

बिहीबार केआईसिंह गाउँपालिका–४ बास्कोट भन्ने ठाउँमा सुपप्र ०१००१ ह ८६८४ नम्बरको अटोरिक्सा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनमा परेर केआईसिंह गाउँपलिका–३ की ५५ वर्षीया लछु ऐरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल, धनगढी लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ ।

घाइते हुनेहरूमा केआईसिंह गाउँपालिका–३ देउकाँडाकी ३५ वर्षीया गौरीदेवी मल्ल, वासुदेवीकी ५५ वर्षीया हरिनादेवी बम, १५ वर्षीया चेतना ऐर र ४५ वर्षीया मातादेवी ऐर रहेका छन् ।

घाइते मातादेवीको अवस्था सामान्य र अन्य तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय दीपेन्द्र बमले चलाएको अटोरिक्सा वायलबाट देउरडीतर्फ जाने क्रममा  ब्रेक फेल भई सडकको दाँया साइडको नालीमा पल्टिएको प्रहरीले जनाएको छ ।

लेखक
रामहरि ओझा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?