+
+

भोलिबाट हल खोल्न तयार छौंः अशोक शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते १५:३१

बिहिबारबाट काठमाडौं उपत्याका हलहरु खोल्ने दिने जिल्ला प्रशासन कार्यलयको निर्णयसँगै हल व्यवसायीहरु उत्साहित बनेका छन् । निषेधाज्ञाका कारण करिब ४ महिनासम्म बन्द रहेका हलहरु भोलीबाट सुरक्षा मापदण्ड अपनाएर खोल्ने दिने निर्णय प्रशासनले गरेको हो । योसँगै, भोलीबाट विस्तारै हल खुल्न थाल्ने चलचित्र संघले जनाएको छ ।

चलचित्र संघका महासचिव अशोक शर्माले अनलाइनखबरसँग भने–‘अब, हल नखोली त हामीसँग अरु विकल्प पनि छैन नी । अब, हल खोल्दै जाने र निर्माता, वितरकहरुसँग पनि छलफलको प्रक्रियालाई अगाडि बढाउनुपर्छ ।’

उनले, हल नखोल्ने हो भने यो समस्या झनै लम्बिने भन्दै दशैंसम्म चलचित्र रिलिजले पिकअप लिने आशा व्यक्त गरे । साथै, काठमाडौं बाहिरका जिल्लाहरुमा पनि हल खुलाउनका लागि पहल गर्ने अशोकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?