+

वाफ उपविजेता महिला फुटबल टोली नगदसहित सम्मानित

२०८१ वैशाख  २५ गते ५:३२ २०८१ वैशाख २५ गते ५:३२
वाफ उपविजेता महिला फुटबल टोली नगदसहित सम्मानित

काठमाडौं । गत फागुनमा साउदी अरेबियामा भएको वाफ फुटबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सदस्यहरु नगदसहित सम्मानित भएका छन् ।

एनआईसी एसिया बैंकले सोमबार साँझ खेलाडीहरुलाई नगदसहित सम्मान गरेको हो ।

उपविजेता बन्न सफल टोलीका खेलाडी जनही २५ हजार रुपैयाँबाट सम्मानित भएका अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

यस्तै राष्ट्रिय टिमकी गोलकिपर अन्जन राना मगरलाई एनआईसी एसिया बैंकले ब्राण्ड प्रमोटर नियुक्त गरेको छ ।

पहिलो पटक वाफ महिला च्याम्पियनसिप खेलेको नेपाली टोली उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको थियो ।

तर फाइनलम जोर्डनसँग पेनाल्टी सुटआउटमा पराजित भएर उपविजेता बनेको थियो ।

महिला राष्ट्रिय फुटबल टोली वाफ फुटबल च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय