+
+

एसिया प्यासिफिकमा थप कूटनीतिक सम्बन्ध विस्तार गर्न स्पेन इच्छुक  

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २५ गते ६:५३
एसिया प्यासिफिक क्षेत्रका राजदूतसँग स्पेनका परराष्ट्रमन्त्री जोसे म्यानुअल

२५ वैशाख, बार्सिलोना । स्पेनका परराष्ट्र मन्त्री जोसे म्यानुअल अल्बारेस बुएनोले एशिया प्यासिफिक क्षेत्रमा थप कूटनीतिक सम्बन्ध विस्तार गर्ने स्पेन इच्छुक रहेको बताएका छन् ।

एसिया प्यासिफिक क्षेत्रका १७ जना राजदूतहरूलाई बार्सिलोनामा आयोजित एक कार्यक्रमबीच सम्बोधन गर्दै मन्त्री जोसेले यस्तो बताएका हुन् ।

उनले विश्वको शान्ति सुव्यवस्थाका लागि एसिया प्यासिफिक देशहरूको महत्वपूर्ण भूमिका रहेको बताउँदै ती देशहरूसँग सहकार्य गर्न स्पेन तयार रहेको बताए ।

एसिया-प्यासिफिक राजदूतहरूको डिनका रुपमा बोल्दै स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले  कूटनीतिक सम्बन्ध एवंम पारस्परिक समझदारीलाई अझ मजबुद बनाउने काम गरेको प्रतिक्रिया दिइन् ।

परराष्ट्रमन्त्री अल्बारेस सक्षम उनले स्पेनले कूटनीतिक सम्बन्धलाई सुदृढ गर्न गरेको प्रयासलाई मुक्तकण्ठले प्रशंसा गरिन् ।

राजदूत डा. पराजुलीले विश्वव्यापी चुनौतीहरूको सम्बोधन गर्न सहयोग र सहकार्यको आवश्यकता रहेको भन्दै शान्ति, समझदारी र करुणालाई प्राथमिकता दिन विश्वका नेताहरूलाई आग्रह गरिन् ।

मानवीय संकट, जलवायु परिवर्तनलगायतका चुनौतीहरूको सामना गर्न रचनात्मक संवादको माध्यमबाट साझा आधार खोज्न राजदूत डा. पराजुलीले सुझाव दिएको  दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एसिया प्यासिफिक क्षेत्रका राजदूतहरुको सम्मानमा स्पेनका परराष्ट्र मन्त्रीले बार्सिलोनास्थित काशा एसियाको मुख्यालयमा दिवा भोजको आयोजना गरेका थिए ।

स्पेनका परराष्ट्रमन्त्री जोसे म्यानुअल अल्बारेस बुएनोसँग नेपालकी राजदूत डा. शर्मिला पराजुली ढकाल ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?