+
+
Shares

तीन दिनमा सक्ने भनिएको रास्वपा महाधिवेशन छैटौं दिन पुग्यो, व्यवस्थापनले आज खाना नखुवाउने

महाधिवेशन लम्बिएर खर्च व्यवस्थापनमा कठिनाइ भएपछि आजको लागि व्यवस्थापनले खाना नखुवाउने जनाएको छ । हिजो राति व्यवस्थापनले बिहानको चिया मात्र व्यवस्था गर्ने जानकारी गराएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १२ गते ७:५२

१२ असार, चितवन । तीन दिनमा सक्ने भनिएको रास्वपा महाधिवेशन आज छैटौं दिन पनि जारी छ । आज पदाधिकारी निर्वाचित गरेर महाधिवेशन सम्पन्न गर्ने तयारी छ ।

असार ७ गतेदेखि चितवनमा रास्वपाको पहिलो महाधिवेशन उदघाटन भएको थियो । असार ९ गते सम्पन्न गर्ने भनिए पनि प्रतिनिधि चयनमा विवाद र केन्द्रीय सदस्य तथा पदाधिकारी चयन ढिलाइ हुँदा महाधिवेशन लम्बिएको हो ।

महाधिवेशन लम्बिएर खर्च व्यवस्थापनमा कठिनाइ भएपछि आजको लागि व्यवस्थापनले खाना नखुवाउने जनाएको छ । हिजो राति व्यवस्थापनले बिहानको चिया मात्र व्यवस्था गर्ने जानकारी गराएको थियो ।

रास्वपा सभापतिमा रवि लामिछाने यसअघि निर्विरोध भइसके पनि पदाधिकारी पदका उम्मेदवारहरूको अन्तिम नामावली अझै सार्वजनिक गरिएको छैन ।

केही असन्तुष्टिका बीच विहीबार केन्द्रीय सदस्यहरुको निर्वाचन परिणाम भने सार्वजनिक गरिएको थियो ।

रास्वपा विधानमा पहिले सभापति र केन्द्रीय सदस्य चयन गरिसकेपछि बल्ल पदाधिकारी चयन गर्ने व्यवस्था छ ।

तर महाधिवेशन लम्बिएका कारण महाधिवेशन प्रतिनिधि धमाधम घर फर्किएपछि आज पदाधिकारी सर्वसम्मत घोषणा गर्ने र महाधिवेशन सम्पन्न गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?