+
+
Shares

रास्वपा पदाधिकारी निर्वाचनका लागि प्रारम्भिक नामावली सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १२ गते १०:२३
फाइल फोटो

१२ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनको प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक भएको छ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले दोस्रो चरण अन्तर्गतका शीर्ष पदाधिकारी पदहरूको प्रारम्भिक नामावली प्रकाशन गरेको हो। सार्वजनिक सूचीअनुसार उपसभापति, महामन्त्री र सह-महामन्त्रीका विभिन्न क्लस्टरहरूमा उम्मेदवारी परेको देखिन्छ।

रास्वपा निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाका अनुसार महाधिवेशनको आन्तरिक लोकतान्त्रिक प्रक्रियालाई विधिको शासनअनुसार अगाडि बढाइएको छ। उम्मेदवारहरूको दाबी-विरोध र आवश्यक प्रक्रिया पूरा गरेर छिट्टै अन्तिम नामावली प्रकाशन गरी मतदान सुरु गरिने जानकारी उनले दिएका छन्।

सार्वजनिक प्रारम्भिक सूचीअनुसार कुन पदमा को-को भिड्दै ?

उपसभापति (महिला) – आवश्यक संख्या १: महिलातर्फको उपसभापतिमा सोबिता गौतम र तोसिमा कार्की गरी दुई जनाको दाबी परेको छ। यसअघि समिक्षा बास्कोटाले पनि दाबी गरेकोमा अन्तिम समयमा उनले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।

महामन्त्री – आवश्यक संख्या १: सबैभन्दा बढी प्रतिस्पर्धा देखिएको महामन्त्री पदमा १० जनाको उम्मेदवारी परेको छ। जसमा कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रन्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य रहेका छन्। यसअघि जगदीश खरेल (ललितपुर)ले पनि महामन्त्रीमा दाबी गरे पनि उनले उम्मेदवारी फिर्ता लिएका छन् ।

सह-महामन्त्री (खुला) – आवश्यक संख्या २: खुला सह-महामन्त्रीका लागि ११ जनाले उम्मेदवारी दिएका छन्। यस सूचीमा रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजिव खत्री, विजय जैरू, हरि ढकाल र हिमेष पन्त मैदानमा छन्।

सह-महामन्त्री (महिला) – आवश्यक संख्या १: महिला सह-महामन्त्रीका लागि ५ जनाको उम्मेदवारी परेको छ। जसमा जुली यादव, जमुना शर्मा (विदुषी), कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा रहेका छन्।

रास्वपाको  पुरुष उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन् ।

पहिलो चरणबाट केन्द्रीय सदस्यहरूको टुङ्गो लागिसकेपछि पार्टीको माथिल्लो नेतृत्व तह अर्थात् पदाधिकारी चयनका लागि यो दोस्रो चरणको निर्वाचन प्रक्रिया अगाडि बढाइएको हो।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता तथा छानबिनको प्राविधिक कार्य सकिएलगत्तै अन्तिम नामावली प्रकाशन गरेर बन्दसत्रमा मतदानको व्यवस्था मिलाउने तयारी गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?