+
+
Shares

कविता : प्रोपोगान्डा

राजेश्वर कार्की राजेश्वर कार्की
२०७८ भदौ २० गते १८:३४

हिजोआज विश्व सञ्चारमा
एउटा देश खुब छाएको छ !

जहाँ, महाक्रान्तिका व्यानरमा
महान् विचारहरू पलाएका छन्
व्यानरमै नयाँ जोश र जाँगरका
खेतीहरू भइरहेका छन्,

जहाँ, विना समुद्र पानीजहाजहरू पौडिरहेका छन्,
विना लिक रेलगाडीहरू दौडिरहेका छन्
जहाँ, विना उद्योग सडकमा रोजगारहरू मौलाएका छन्,
स्मार्ट सिटीका स्मार्ट मानिसहरू
स्वतः कोरोनामुक्त भएका छन् ।
जहाँ, विना विमानस्थल जम्बो हवाईजहाजहरू
अवतरण गरिरहेका छन्,
संसारको जुनसुकै कुनामा
उडान पनि भरिरहेकै छन्

त्यो देशमा,
त्यस्तो अद्वितीय प्रगति हेर्न
विशेष चहलपहलसहित मानिसहरूमा
विशेष आँखा फिट भइरहेका छन्

अब, त्यो देशमा
बस्ने ठाउँको कुनै कमी छैन,
मानौं, दुःख आउने कुनै सम्भावना नै छैन

त्यो देशमा टाँगिएका
ठूला-ठूला होर्डिङ बोर्डहरुमा

सबै मानिसहरू हाँसिरहेका सुखी देखिन्छन्

अब, त्यो देशमा
करोडौं झुपडीहरूले आफ्नो व्यथा भन्न
कुनै चौतारी पर्खनु पर्दैन,
ती झुपडीका चुहिएका छानाहरूले
कुनै ओतको भीख माग्नुपर्दैन

किनकि
त्यहाँका दयालु शासकरूले
हरेक गाउँटोल, बजार र शहरमा
गगनचुम्बी महलहरू बनाइसकेका छन्

त्यस्ता दिव्य महलैमहलहरूको देश
जहाँ जोकोहीले
निःशुल्क प्रवेश गर्न सक्नेछन्

नपत्याए आउनुस्
यहाँहरू सबैलाई स्वागत छ,
जहाँ आफैं प्रवेश गरेर अनुभव गर्न सक्नुहुनेछ !

याद गर्नुस् !
त्यो देशको नाम
‘प्रोपोगाण्डा’ भइसकेको छ

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?