+
+

‘जयश्रीकुवेरनाथ’ कविता संग्रह सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २० गते १५:५१

निर्मलकुमार थापाको नयाँ कविता कृति जयश्रीकुबेरनाथ सार्वजनिक भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली लोक नृत्यका प्रवर्तक तथा संस्कृति संरक्षक भैरव बहादुर थापा, पत्रकार तथा साहित्यकार रेशम विरही, लेखक कुमार नगरकोटी लगायतको आतिथ्यमा कविता संग्रह सार्वजनिक भएको हो ।

रंग नेपालले प्रकाशन गरेको विमोचित कृतिमा सर्जक थापाले पछिल्लो समयमा सिर्जना गरेका पचास वटा कविताहरु समावेश गरिएको छ । थम्सन प्रेस दिल्लीमा मुद्रित कविता संग्रहको बजार व्यवस्थापन ब्रोसिस पब्लिसर्सले गरेको छ ।
कार्यक्रममा बोल्दै तिमल्सिनाले भने, ‘रचनाकार थापाको यो कृति अध्ययन गर्न पाएको छैन तर उनको सक्रिय लेखनले कथा, कविता, उपन्यास जस्ता साहित्यिक कृतिहरु पनि प्रकाशित भइरहेको र साहित्यमा श्रीवृद्धि गरिरहेको कुरादेखि अवगत छु ।’

कुमार नगरकोटीले विमोचित कृति जयश्रीकुबेरनाथमा संकलित तीनवटा कविता अलिखित काव्य, रातिको काठमाडौं, मृत्यु कविता वाचन गरेका थिए । कार्यक्रममा पत्रकार युवराज घिमिरे, राससका अध्यक्ष श्यामल हरिहर अधिकारी, नायक निखिल उप्रेती लगायतको उपस्थिति थियो । कोभिड १९ को अवस्थालाई मध्यनजर राख्दै कार्यक्रमको व्यवस्थापन सुरक्षित र सुरुचिपूर्ण बनाइएको थियो । जयश्रीकुबेरनाथ कृतिको मुल्य चार सय रुपैयाँ रहेको छ भने यसको उपलब्धता प्रमुख पुस्तक पसलहरु र अनलाइनमार्फत सहजै प्राप्त गर्न सकिने कुरा बजार ब्यवस्थापक विनयदत्तले बताए ।

सर्जक थापा नेपाल सेन्टर इन्टरनेशनल तथा रंग नेपालका संस्थापक अध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?