+
+

हुन्डाईको नयाँ टुसान नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते १३:१०

काठमाडौं । हुन्डाई मोटर्सको ‘अल न्यु टुसान’ नेपालमा सार्वजनिक भएको छ ।

हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अल न्यू टुसान’ सार्वजनिक गरेको छ । हुन्डाईले फ्यूचरस्टिक डिजाइनमा तयार पारेको नयाँ जेनेरेसन टुसान विश्वभर चर्चामा रहेको मोडल हो ।

‘मोस्ट डाइनामिक एन्ड ट्रेन्डी’ डिजाइनको कारण विश्वभर नयाँ जेनेरेसन टुसानलाई ‘एउटा डिजाइन रिभोलुसन’को संज्ञा दिइएको छ । यसमा प्रयोग गरिएको प्यारामेट्रिक हिँडन लाइट, लामो ह्वीलवेस, उत्कृष्ट इन्टेरियर, १८ इन्चको ठूलो अलोय ह्वील, टु ह्वील र फोर ह्वील ड्राइभिङ सिस्टमले नयाँ टुसानलाई अलग पहिचान दिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नेपाली बजारमा नयाँ जेनेरेसन टुसानको विभिन्न ४ भेरियन्ट उपलब्ध हुनेछ । जसमा जीएलएस टु ह्वील ड्राइभ म्यानुअल (पेट्रोल), जीएलएस टु ह्वील ड्राइभ अटोमेटीक (पेट्रोल), जीएलएक्स टु ह्वील ड्राइभ अटोमेटिक (पेट्रोल) र जीएलएक्स फोर ह्वील ड्राइभ अटोमेटीक (डिजेल) भेरियन्टमा उपलब्ध रहने छ । यसको सुरुवाती भेरियन्ट जीएलएस टु ह्वील ड्राइभ म्यानुअल (पेट्रोल)को मूल्य ८९ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

अमेजन ग्रे, ह्वाइट क्रिम, क्रिमशन रेड, सिम्रिङ सिल्भर, डिप सी र टाइटन ग्रे कलरमा उपलब्ध रहेको नयाँ जेनेरेशन टुसानमा भ्यान्टिलेटेड सिट, हाइट एड्जस्ट, अटोमेटिक पावर टेलगेट, मल्टि एयर मोड सिस्टम, एम्बियन्ट मुड लाइट जस्ता फिचरले चालक र यात्रुलाई सुखद् यात्रा गराउने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार बोल्ड डिजाइन र प्रविधिको भरपुर प्रयोग गरिएको इन्टेरियर, २.० लिटर टर्बो पेट्रोल र डिजेल इन्जिन यसको सबल पक्ष हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?