+
+

विदेश भ्रमण छोट्याएर उपेन्द्र यादव काठमाडौं फर्किंदै

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २४ गते १०:५९

२४ वैशाख, काठमाडौं । पार्टी विभाजनको सूचना पाएपछि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव विदेश भ्रमण छोट्याएर आज काठमाडौं फर्किंदै छन् । उनी कतारको राजधानी दोहाबाट आज राति काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ ।

वर्तमान सरकारमा स्वास्थ्यमन्त्री समेत रहेका यादव गत हप्ता अमेरिका भ्रमणमा गएका थिए । अमेरिकामा पाँच दिन र कतारमा दुई दिनको कार्यक्रम थियो ।

उनी कतार अमेरिकाबाट कतार आएकै दिन जसपाका अशोक राई नेतृत्वको समूहले अलग पार्टी दर्ता गर्न आइतबार निर्वाचन आयोगमा निवेदन दिएको थियो । शुक्रबार अमेरिका उडेका यादव स्वदेश नफर्कदै राई, नवलकिशोर साह सुडी, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसिना खान र सुशीला श्रेष्ठले दल विभाजन गरेका हुन् ।

सो सूचना पाएलगत्तै अध्यक्ष यादव कतारका कार्यक्रम रद्द गरी काठमाडौं फर्किन लागेको उनको सचिवालयले जनाएको छ । अध्यक्ष यादव आज राति ११ बजेपछि काठमाडौं आइपुग्ने बताइएको छ । ‘कतारबाट आज बेलुका ६ बजेको फ्लाइट छ,’ स्रोतले भन्यो ।

पार्टी विभाजनपछि उपेन्द्र यादव पक्षका नेताहरु आन्तरिक र अनौपचारिक छलफलमा छन् । जसपाका प्रवक्ता मनिष सुमनले पार्टी अध्यक्ष यादव काठमाडौं फर्किएपछि औपचारिक बैठक बसेर छलफल गर्ने बताए ।

‘पार्टी अध्यक्ष आज राति काठमाडौं आइपुग्नु हुन्छ,’ प्रवक्ता सुमनले भने, ‘त्यसपछि हामी औपचारिक बैठक बसेर आवश्यक निर्णय गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?