+
+

मधेश सरकार जोगाउन उपेन्द्रले मागे महन्थ ठाकुरसँग सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १४:१६

३१ वैशाख, काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

महन्थलाई भेट्न उपेन्द्र सोमबार लोसपा कार्यालय पुगेका थिए । उनले मधेश सरकारमा सहकार्यका लागि सहयोग मागेका लोसपाका एक नेताले बताएका छन् ।

तर महन्थले भने भर्खरै प्रस्ताव आएको र यस विषयमा सल्लाह गरौंला भन्ने जवाफ दिएका छन् । लोसपाका एक नेताले भने, ‘पहिले मधेशका मुख्यमन्त्रीको विश्वासको मत र अशोक राई नेतृत्वको जसपाको दल सनाखत प्रक्रिया सम्म कुर्छौं ।’

आइतबार नेकपा एमाले र माओवादी केन्द्रले सरकार छाडेपछि मधेश प्रदेशमा जसपा नेपालका नेता मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले विश्वासको मत लिनुपर्ने अवस्था आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?