+
+

पार्टी छोडेकालाई फर्केर आउन उपेन्द्र यादवको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ४ गते १८:५०

४ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले छोडेर गएकाहरूलाई आफ्नो पार्टीमा फर्कन आग्रह गरेका छन् ।

शुक्रबार आह्वान पत्र जारी गर्दै यादवले सबैलाई मूलधारको पार्टीमा फर्कन आग्रह गरेका हुन् ।

यादवले भनेका छन्, ‘जसपा नेपालबाट अलग भएर जानु भएका विभिन्न तह तप्काका साथीहरूलाई मूलधारमा फर्कन आह्वान गर्दछौं ।’

उनले जसपा नेपाल विशिष्ट सोच, सिद्धान्त र एजेन्डा बोकेको पार्टी भएको दाबी गरेका छन् । जसपा नेपाल समाजवादी आन्दोलन, पहिचान, संघीयता र गणतन्त्रका सवालमा प्रतिवद्ध रहेको यादवको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?