+
+

जसपा नेपालको केन्द्रीय समिति बैठक आज बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते ९:४६

३१ वैशाख, काठमाडौं । सरकार छाड्ने तयारीमा रहेको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक बस्दैछ । ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनकाे तयारीलगायतका विषयमा छलफल हुने बताइएको छ ।

त्यस्तै सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा पनि बैठकमा छलफल हुने छ । जसपा नेपालका अध्यक्ष यादव अहिले प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री छन्।

जसपा नेपाल गत आइतबार विभाजित भएको थियो । पार्टीका वरिष्ठ नेता अशोक राईले ७ जना सांसदसहित नयाँ पार्टी जनता समाजवादी पार्टी गठन गरेका थिए ।

मधेश प्रदेशमा सत्तारुढ सहयात्री दल नेकपा माओवादी र एमालेले समर्थन फिर्ता लिएसँगै संघीय सरकारमा पनि जसपा नेपालले सरकार छाड्ने निधोमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?