+
+

वाईसीएलको संयोजकमा देवकोटा चयन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १६:०७

२२ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को संयोजकमा सुमन देवकोटा चयन भएका छन् ।

राष्ट्रिय भेलाबाट निर्वाचित २०४ सदस्यीय केन्द्रीय समितिको पहिलो बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिबाटै अगाडि बढ्न प्रस्ताव गरेका थिए । मंसिर ८ वा फागुन १ मा राष्ट्रिय सम्मेलन गर्ने गरी केन्द्रीय समितिमालाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने, देवकोटालाई संयोजक र सुबोध शेर्पालीलाई सहसंयोजक बनाउने उनको प्रस्ताव थियो ।

बैठकले प्रचण्डको प्रस्ताव पास गरेको छ । २३१ सदस्यीय केन्द्रीय सदस्यका बाँकी सदस्यहरुको मनोनयन र कार्यविभाजन आगामी बैठकले गर्ने नेताहरुले बताएका छन् ।

वाईसीएलका निवर्तमान अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाले ४० वर्षे उमेर हद पार गरेका कारण हालै भएको राष्ट्रिय भेलामा विदा लिएका थिए । माओवादी केन्द्रले सहमतिका आधारमा नेतृत्व चयन गर्न पनि निर्देशन दिएको थियो ।

अध्यक्षका दावेदार देवकोटा र शेर्पालीबीच सहमति जुट्न सकेन र, २०४ केन्द्रीय सदस्य चयन मात्र गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?