+
+

तिलोत्तमाकी महिलाको शंकास्पद मृत्युको अनुसन्धान गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १७:२१

२२ भदौ, बुटवल । रुपन्देहीको तिलोत्तमामा एक महिलाको मृत्युलाई माइती पक्षले शंकास्पद भन्दै अनुसन्धान गर्न माग गरेका छन् ।

तिलोत्तमा नगरपालिका–५ की २७ वर्षकी सीता भण्डारी पौडेलको भदौ १९ गते मृत्यु भएको थियो । माइती पक्षले उनको हत्या गरेर आत्महत्या देखाएको भन्दै अनुसन्धान गर्न माग गरेको हो ।

उनीहरुले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी शवको प्रकृति र घटनाक्रम हेर्दा आत्महत्या हुन नसक्ने दावी गरेका छन् । मृतकका बुबा हरिप्रसाद भण्डारीले घटना हुनुअघि ज्वार्इं टीका पौडेलले आफूलाई फोन गरेर धम्कीपूर्ण कुरा गरेको बताए ।

घटनाको अनुसन्धान गर्न माग गर्दै इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेर दिएपनि प्रहरीले जाहेरी दर्ता नगरेको भण्डारीले गुनासो गरे ।

मृतकका श्रीमानले तानसेनमा होटल व्यवसाय गर्दै आएका छन् । मृतकका देवर हरि पौडेल तिलोत्तमा नगरपालिका–५ का वडा सदस्य भएकाले शक्तिको आडमा पोष्टमार्टम रिपोर्ट गलत देखाइएको भन्दै माइती पक्षले शब बुझ्न मानेका छैनन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुँवरले पोष्टमार्टम रिपोर्टमा आत्महत्या गरेको देखिएकाले किटानी जाहेरी लिन नमिल्ने बताए ।

श्रीमानको व्यवहारका कारण सीता भण्डारीले आत्महत्या गर्न बाध्य भएको अनुसन्धानबाट खुलेकाले उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको डीएसपी कुँवरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?