+
+

रंगकर्मी प्रकाश दाहाल सम्पर्कविहीन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १९:५२

२२ भदौ, काठमाडौं । रंगकर्मी प्रकाश दाहाल बेपत्ता भएका छन् । झापा घर भएका दाहाल तीन दिन अघिबाट सम्पर्कविहीन भएको भन्दै परिवारले खोजतलासका लागि प्रहरीमा निवेदन दिएका छन् ।

इलाका प्रहरी कार्यालय, दमकका डीएसपी नवराज कार्कीका अनुसार उनको खोजीमा प्रहरी टोली परिचालित छ । नेपाली चलचित्र ‘पशुपति प्रसाद’मा पनि अभियान गरेका उनी पछिल्लो समय दमकको कदम थ्रिएटरसँग आबद्ध थिए ।

दाहालले नाटक ‘रुवा’को निर्देशन र ‘लाटीको छोरो’लगायतमा अभिनय गरेका छन् । उनले विर्तामोडमा ‘दाह्री भाइको चिया पसल’ नाममा व्यवसाय पनि सञ्चालन गर्दै आएका थिए ।

उनलाई देख्नेले नजिकैको प्रहरी कार्यालय वा ९८०४९९१४३७ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?