+
+

देउवाको गृह जिल्ला डडेल्धुरामा पुनः वडा अधिवेशनको माग गर्दै रिले अनशन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते १६:५८

७ असोज, धनगढी। नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पुनः वडा अधिवेशन गर्नूपर्ने माग गर्दै पार्टी कार्यालयमा रिले अनशन सुरु गरिएको छ ।

प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाले मनोमानी रुपमा अवैधानिक रुपमा क्रियाशिल सदस्यता वितरण गरेर जिल्ला कमिटिलाई वाइपास गरेर वडा अधिवेशन गरेकाले बिहीबारदेखि रिले अनसन थालिएको हो ।

नेपाली काँग्रेस डडेल्धुराका कार्यालय सचिव राम बिष्टले बिहीबारदेखि अनिश्चितकालका लागि पार्टी कार्यालयमै रिले अनसन थालिएको जानकारी दिए।

‘वडाबाट सिफारिस गरिएका चार सय ६० जना क्रियाशिल सदस्यको नाम कटाएर केन्द्रबाटै अवैध रुपमा तीन सय १२ जना थपेर अवैधानिक हिसाबले वडा अधिवेशन गर्ने काम गरिएको छ,’ बिष्टले अनलाइनखबरसँग भने, ‘वडाबाट सिफारिस भएका क्रियाशिल सदस्य कायम गर्नूपर्ने र गत भदौ २५ गते गरिएको वडा अधिवेशन स्थगीत गरेर पुनः गर्नूपर्ने माग हाम्रो हो ।’

क्रियाशिल सदस्यता विवादकै कारण जिल्ला सभापति कर्णबहादुर मल्लले वडा अधिवेशन स्थगीत गरेका बेला सुरक्षाकर्मी परिचालन गर्दै देउवा पक्षले गत भदौ २५ मा वडा अधिवेशन गरेको थियो।

देउवाले हस्तक्षेप गरेर अवैधानिक रुपमा गरेको अधिवेशन स्थगीत गरी नयाँ मिति तोक्नुपर्ने माग जिल्ला सभापति मल्ल पक्षको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?