+
+

ब्रेन्टफोर्डसँग बराबरीमा रोकियो लिभरपुल

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते ८:११

काठमाडौं । प्रिमियर लिगमा शनिबार राति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डसँग ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

ब्रेन्टफोर्डको मैदानमा भएको खेलमा सुरुआती अग्रता घरेलु टोलीले लिएको थियो । त्यसपछि लिभरपुलले दुई पटक अग्रता बनाए पनि कायम राख्न सकेन ।

लिभरपुलका लागि डिएगो जोटाले ३१औं, मोहम्मद सालाहले ५४औं र कर्टिस जोन्सले ६७औं मिनेटमा गोल गरे ।

ब्रेन्फोटर्डका लागि एथान पिन्नोकले २७औं, भिटानी जानेटले ६३औं र याने विसाले ८२औं मिनेटमा गोल गरे ।

बराबरीपछि पनि ६ खेलबाट १४ अंकसहित लिभरपुल शीर्ष स्थानमै छ ।

अर्को खेलमा नर्विचलाई २-० ले पराजित गरेको एभरटन पाँचौ स्थानमा उक्लेको छ । एभरटनको ६ खेलबाट १३ अंक छ । समान १३ अंक रहेका म्यानचेष्ट सिटी, चेल्सी र म्यानचेष्टर युनाइटेड क्रमश दोस्रोदेखि चौथो स्थानसम्म छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?