+
+

एनभीए भलिबलमा पुलिस र गलकोटको लगातार दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते १८:१२

११ असोज, काठमाडौं । नेपाल पुलिस क्लब र गलकोट स्पोर्ट्स क्लबले छैटौं वाइवाइ डाइनामाइट एनभीए महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेका छन् ।

सोमबारको खेलमा पुलिसले मणिमुकुन्द भलिबल क्लबलाई ३–० सेटमा पराजित गर्दै अंक तालिकामा पहिलो स्थान बनाउन सफल भएको छ । पुलिसले मणिमुकुन्दलाई २१–१४, २१–१५, २१–१७ ले पराजित गरेको हो ।

प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलमा पनि पुलिसले दावाँली मिलन क्लबलाई पराजित गरेको थियो । पुलिस समूह बी मा ६ अंकका साथ पहिलो स्थानमा रहेको छ ।

यस्तै गलकोट स्पोर्ट्स क्लबले पनि आफ्नो खातामा ६ अंक जोडेको छ । समूह ए मा रहेको गलकोटले प्रतियोगिताको पहिलो दिन बागमती प्रदेशमाथि जित निकाल्दै ३ अंक जोडेको थियो । दोस्रो दिन पनि गलकोटले प्रदेश २ माथि जित निकाल्दै थप तीन अंक जोड्न सफल भयो । गलकोटले बागमती प्रदेशलाई २५–२३, २५–२१, २५–१८ ले पराजित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?