+
+

पन्जाबले भेटायो टी-२० क्रिकेट इतिहासकै सर्वाधिक ठूलो लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १५ गते ६:३७

१५ वैशाख, काठमाडौं । ओपनर जोनी बेयरस्टोको शतक र शशांक सिंहको हिटिङको सहयोगमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग(आईपीएल) मा कोलकाता नाइट राइडर्समाथि ८ विकेटको विश्व कीर्तिमानी जित हात पारेको छ ।

पन्जाबले टी-२० इतिहासकै सर्वाधिक २६२ रनको विशाल लक्ष्य भेटाएको हो । यसअघि टी-२० मा सन् २०२३ मा दक्षिण अफ्रिकाले वेस्टइन्डिजविरुद्ध २५९ रन चेस गरेको थियो ।

२६१ रनको लक्ष्य पन्जाबले १८.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । पन्जाबको जितमा जोनी बेयरस्टो ४८ बलमा ८ चौका र ९ छक्कासहित १०८ रनमा नट आउट रहे ।

खराब लयपछि बारिह भएका बेयस्टोको यो शतकले पन्जाबलाई ठूलो राहतसमेत दिनेछ । ओपनर प्रभशिम्रन सिंहले २० बलमा ४ चौका र ५ छक्कासहित ५४ रन जोड्दै उत्कृष्ट सुरुआत दिलाएका थिए ।

शशांक सिंह २८ बलमा २ चौका र ८ छक्कासहित ६८ रनमा नट आउट रहे । राइली रोसोउ २६ रनमा आउट भए । कोलकाताको एक मात्रै विकेट सुनिल नारायणले लिए ।

त्यसअघि इडेन गार्डेनमा टस हारेर पहिला ब्याटिङ निम्तो पाएको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै २६१ रन बनाएको थियो ।

कोलकाताका ओपनर फिलिप साल्टले ३७ बलमा ६ चौका र ६ छक्कासहित ७५ रन बनाए । सुनिल नारायणले ३२ बलमा ९ चौका र ४ छक्कासहित ७१ रन बनाए ।

वेंकटेश ऐर ३९, आन्द्रे रसेल २४, श्रेयस ऐर २८ र  रिंकु सिंह ५ रनमा आउट भए । पञ्जाबका अर्शदीप सिंहले २, साम करन, हर्षल पटेल, राहुल चाहरले एक/एक विकेट लिए ।

आईपीएलमा यसअघि सन् २०२० मा राजस्थान रोयल्सले पन्जाबमाथि २२४ रनको लक्ष्य पूरा गरेको थियो । यसै वर्ष राजस्थानले कोलकातासँग पनि २२४ रनको लक्ष्य पूरा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?