+

आईपीएलमा मुम्बईलाई हराउँदै लखनऊ तेस्रो स्थानमा

२०८१ वैशाख  १९ गते ६:१४ २०८१ वैशाख १९ गते ६:१४
आईपीएलमा मुम्बईलाई हराउँदै लखनऊ तेस्रो स्थानमा

१९ वैशाख, काठमाडौं । लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४८ औं खेलमा मुम्बई इन्डियन्सलाई ४ विकेटले हराएको छ । यो जितसँगै १२ अंकका साथ लखनऊ तेस्रो स्थानमा उक्लिएको छ ।

१४५ रनको लक्ष्य पछ्याएको लखनऊले १९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । मार्कस स्टोइनिसले ४५ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६२ रन बनाए । लोकेश राहुल २८, दीपक हुडा १८, एश्र्टन टर्नर ५ र निकोलस पुरनले १४ रन जोडे ।

मुम्बईका हार्दिक पान्ड्याले २, नुवान थुसशारा, जेराल्ड कोट्जी र मोहम्मद नाबीले १–१ विकेट लिए ।

त्यसअघि लखनऊमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको थियो । नेहाल वढेराले ४१ बलमा ४ चौका र २ छक्कासहत सर्वाधिक ४६ रन बनाए । टिम डेविडले १८ बलमा ३ चौका र १ छकासहित ३५, ईशान किशन ३२ र सूर्यकुमार यादव १० रनमा आउट भए ।

लखनऊका मोहसिन खानले २, मार्कस स्टोइनिस,नविन उल हक, मयंक यादव र रवि विश्रोईले १-१ विकेट लिए ।

मुम्बई १० खेलमा ३ मा जित र ७ मा हारसहित ६ अंकका साथ नवौं स्थानमा छ । लखनऊ १० खेलमा ६ मा जितका साथ १२ अंकका साथ तेस्रो स्थानमा छ । समान ९ खेलमा १६ अंकका साथ राजस्थान शीर्ष र कोलकाता दोस्रो स्थानमा छन् । मुम्बईको प्लेअफ सम्भावना यस हारले अंक गणितीयमात्रै बाँकी छ ।

आईपीएल इन्डियन प्रिमियर लिग मुम्बई इन्डियन्स लखनऊ सुपर जायन्ट्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय