+
+

लिभरपुलको फराकिलो जित, एट्लेटिकोको पुनरागमन जित

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १३ गते ९:२०

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब पोर्टोलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

समूह बी अन्तर्गत मंगलबार राति पोर्टोको घरेलु मैदानमा भएको खेलमा लिभरपुललको लागि मोहम्मद सालाह र रोबर्टो फिर्मिनोले दुई-दुई गोल गरे । साडियो मानेले एक गोल गरे ।

सालाहले १८ औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ४५औं मिनेटमा मानेले गोल गर्दै पहिलो हाफमा लिभरपुलको अग्रता दोब्बर बनाए । सालाहले ६०औं मिनेटमा व्यक्तिगत गोल गर्दा लिभरपुलले ३-० को अग्रता बनायो ।

७४औं मिनेटमा पोर्टोका तारेमीले गोल गर्दै गोलअन्तर घटाउने प्रयास गरेका थिए ।

तर फिर्मिनफले ७७औं र ८१ औं मिनेटमा लगातार दुई गोल गरेपछि लिभरपुलले फराकिलो जित हात पारेको हो ।

जितपछि लिभरपुल २ खेलमा ६ अंक जोडेर समूह बी को शीर्ष स्थानमा छ । १ अंङ्क मा रहेको पोर्टो तेस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेल एट्लेटिको मड्रिडले दश खेलाडी रहेर खेलेको एसी मिलानमाथि २-१ को पुनरागमन जित हात पारेको छ ।

खेलको २०औं मिनेटमै राफाएल लिएओले गोल गर्दै एसी मिलानलाई अग्रता दिलाएका थिए । तर २९औं मिनेटमा फ्रांन्क केसी रातो कार्ड पाउ मैदान बाहिरिएपछि एसी मिलान दश खेलाडीमा झर्‍यो । एक खेलाडी कम हुँदा पनि एसी मिमलानले ८३ मिनेटसम्म एट्लेटिकोलाई रोकेको थियो ।

तर ८४औं मिनेटमा एट्लेटिकोका एन्टोनी ग्रीजमनले गोल गर्दै खेल बराबरी गरे । त्यसपछि इन्जुरी टाइममा लुइस सुआरेजले गोल गर्दै एट्लेटिकोलाई जित दिलाए । जितपछि २ खेलबाट ४ अंक जोडेर एट्लेटिको दोस्रो स्थानमा छ । मिलान अंकविहीन हुँदै पुछारमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?