+
+

सत्य बोल्दा विवाद हुँदोरहेछः नम्रता

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते ११:२१

नायिका नम्रता सापकोटाले आफूले सत्य कुरा बोल्दा बिबाद हुने गरेको बताएकी छिन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा नम्रताले भनिन्–‘कुनै पनि विवाद मैले चाहेर निम्त्याएको होइन । मैले सत्य बोलेको हुन्छु । तर, सत्य बोल्दा बिबाद हुने रहेछ ।’

नम्रता बारम्बार आफ्नो अभिव्यक्तिका कारण विवादमा आउने गरेकी छिन् । पहिलो लकडाउनको समयमा उनले नेपाली चलचित्र क्षेत्रमा ‘नेपोटिज्म’ रहेको बताएपछि यसको खुबै चर्चा भयोे । नम्रताले चलचित्र क्षेत्रमा परिवारवाद र गुट हाबी भएको भन्दै राम्रो कलाकारले अवसर नपाएको तर्क गरेकी थिइन् ।

यस्तै, उनले केही समय अगाडि ‘आफूलाई बिहे नगरी बच्चा जन्माउन मन लागेको’ भन्दै अभिव्यक्ति दिएकी थिइन् । यी दुबै अभिव्यक्तिले नम्रताको खुबै चर्चा भएको थियो । केही समयदेखि बिबाद नहुँदा खसखस भएको छैन भन्ने मिडियाकर्मीको प्रश्नमा नम्रताले विवाद आफूले चाहेर ननिकालेको बताएकी हुन् ।

नम्रता केही म्युजिक भिडियोमा काम गरिरहेकी छिन् । साथमा, विगत केही दिनदेखि उनको प्रेमको चर्चा समेत बजारमा गर्मिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?