+
+

नवराज लम्सालको महाकाव्य ‘अग्नि’ लोकार्पण

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १३:१०

१७ असोज, काठमाडौं । नवराज लम्सालद्वारा लिखित ‘अग्नि’ महाकाव्य लोकार्पण गरिएको छ । राजनीतिक चिन्तक आहुति,  समालोचक डा. रामप्रसाद ज्ञवाली र कवयत्री डा. गीता त्रिपाठीले संयुक्त रुपमा उक्त महाकाव्यको लोकार्पण गरेका हुन् ।

मुलुकको राजनीति र इतिहासमा पछि परेका सीमान्तकृत वर्ग-समुदायका पीडा र भोगाइका विषयवस्तु समेटिएको उक्त महाकाव्यमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, सेन राजा, मकवानपुर र जेठी तरवारको चर्चा गरिएको छ ।

राज्यशक्तिको बलमा सीमान्तकृत समुदायलाई कसरी पीडा पुर्‍याउन सक्नलगायत घटनाका नालीबेली तथा त्यसबेलाको समाज, पात्र र प्रवृत्ति समेटेर तयार गरिएको उक्त महाकाव्यमा समाज शुद्धीकरण, कर्मका आधारमा व्यक्तित्व निर्माण र मुक्ति प्राप्त विषयमा ज्ञान दिन खोजिएको छ । सो अवसरमा लेखक आहुतिले साहित्यकारका सिर्जनामा दलित पात्र हुँदैमा सीमान्तकृत समुदायका आवाज र हकहितका लागि सम्बोधन भइहाल्छ भन्ने अवस्था नरहेको बताए।

उनले भने, ‘सिर्जनामा दलित पात्र हुँदैमा उक्त वर्ग समुदायको हित गर्छ भन्ने हुन्न, विगतका केही चर्चित पुस्तकमा जातप्रथाको पीडनमा परेकालाई दया प्रदान गर्ने शिवाय ठोस कुरा पाइन्न तर यस महाकाव्यले समाजका विकृति, विसङ्गति र जातीय व्यवस्था परिवर्तन गर्न सहयोग गर्नेछ।’

समालोचक डा. रामप्रसाद ज्ञवालीले युग विशेषमा सीमान्तकृत जाति, वर्ग समुदाय कसरी सामाजिक र सांस्कृतिक शोषणमा परे भन्ने विषयवस्तु काव्यका माध्यमबाट समाजमा सुसूचित गराउन साहित्यकार लम्साल सफल भएको धारण राखे ।

पूर्वीय साहित्य अध्ययनमा विशेष दख्खल राख्ने साहित्यकार लम्सालका यसअघि ‘कर्ण’ र ‘धरा’ दुई महाकाव्य प्रकाशित छन् । बुकहिल प्रकाशनले बजारमा ल्याएको गद्यमा लेखिएको उक्त महाकाव्य ४२ सर्ग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment