+
+

कस्तुरीको विनासहित नागढुंगाबाट एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १४:४९

१७ असोज, काठमाडौं । संरक्षित वन्यजन्तु कस्तुरीको विनासहित प्रहरीले काठमाडौंको नागढुंगाबाट एक जनालाई पक्राउ गरेको छ । नुवाकोट किसपाङ गाउँपालिका–८ का ५१ वर्षीय सार्की घलेलाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार साँझ त्रिशुलीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–००६ ख ५९९ नम्बरको बसलाई नागढुंगा चेकप्वाइन्टमा चेकजाँच गर्ने क्रममा घलेले बोकेको झोलामा १९ ग्राम तौलको विना फेला परेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका घलेलाई आवश्यक अनुसन्धानका लागि श्री डिभिजन वन कार्यालय हात्तीसार पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?