+
+

कर्णालीका २२ प्रतिशत नागरिकले पाए कोरोनाको पूर्ण खोप

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १५:४३

१७ असोज, सुर्खेत । कर्णाली प्रदेशका २२ प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्ण खोप पाएका छन् । ३३ प्रतिशत नागरिकलाई खोपको पहिलो मात्र दिइएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

प्रदेशको कुल जनसंख्या १८ लाख २४ हजारमध्ये २ लाख ४२ हजार नागरिकले पूर्ण खोप लगाएको निर्देशनालयका निर्देशक डा. रविन खड्काले जानकारी दिए । प्रदेशमा १८ वर्ष माथिका १० लाख ९४ हजार जनालाई कोभिड विरुद्धको खोप लगाउने निर्देशनालयको लक्ष्य छ । कुल जनसंख्याको ४० प्रतिशत जनसंख्या १८ बर्षमुनिका छन् ।

प्रदेशका चार वटा हिमाली जिल्लाहरु जुम्ला, हुम्ला, मुगु र डोल्पामा दशैं–तिहारको बीचसम्म पूर्ण रुपमा खोप लगाउने लक्षका साथ खोप कार्यक्रम सञ्चालन गरिएको छ । ‘पछि हिमपातले खोप कार्यक्रम प्रभावित पर्ने भएकाले दशैं–तिहारको बीचमा पूर्ण खोप दिने लक्ष्य लिएका छौं,’ निर्देशक खड्काले भने, ‘सरकारको लक्ष्य पनि त्यही छ । १८ वर्ष माथिका सबै नागरिकलाई पूर्ण खोप दिइन्छ ।’

प्रदेशका स्थानीय तहहरुमा पनि हाल खोप कार्यक्रहरु सञ्चालन भइरहेका छन् । सरकारको लक्ष्यअनुसार दशैं–तिहारको बीचसम्म प्रदेशका ५० प्रतिशत नागरिकले पूर्ण रुपमा खोप पाउने अपेक्षा गरिएको निर्देशक खड्काले बताए ।

कुन जिल्लामा कतिले पाए पूर्ण खोप ?

हालसम्म प्रदेशमा सुर्खेतका ७७ हजार १५ जना, जाजरकोटका ११ हजार ७०९, रुकुम पश्चिमका २९ हजार ५५, सल्यानका ३३ हजार २१ जना नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् ।

यस्तै डोल्पाका ६ हजार ६३३, मुगुका ९ हजार ६०८, हुम्लाका ६ हजार ८५३, जुम्लाका २१ हजार ६४, कालीकोटका १५ हजार १०८, दैलेखका ३२ हजार ३७६ जनाले पूर्ण खोप लगाएका छन् ।

२०७७ माघ १४ गतेदेखि ०७८ असोज १६ गतेसम्मको तथ्यांक अनुसार प्रदेशमा ३ लाख ६२ हजार ९०० जनाले पहिलो डोज लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?