१९ असोज, काठमाडौं । काठमाडौं बसुन्धराको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयका सव-इन्जिनियर दीपेन्द्रकुमार केसी २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
कलभर्ट निर्माण कार्यको ठेक्का अनुसार काम सकिएपछि अन्तिम बिल भुक्तानीका क्रममा सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस मागेको अख्तियारले जनाएको छ ।
उनलाई अख्तियारको केन्द्रीय कार्यालय टंगालको टोलीले घुस रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ परेका अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4