+
+

वैवाहिक जीवनमा बाँधिए सुदर्शन र सुप्रिया

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते १३:३७

२२ असोज, काठमाडौं । भदौ २१ गते इन्गेजमेन्ट गरेका लभ बर्ड जोडी निर्देशक सुदर्शन थापा र समाचार प्रस्ताेता सुप्रिया कटुवाल वैवाहिक जीवनमा बाँधिएका छन् । शुक्रबार काठमाडौंको एक होटलमा उनीहरुबीच वैवाहिक समारोह चलिरहेको छ । निर्देशन सुदर्शन थापा आफ्नी आमाको साथमा बग्गीमा चढेर विवाह समारोहमा पुगेका थिए । सुप्रियाको परिवारले बेहुला सुदर्शन र जन्तीलाई स्वागत गरेको थियो ।

यसपछि सुदर्शन र सुप्रियाले स्वयंभरको औंठी साटेका छन् । करिब एक वर्ष लामो प्रेम सम्बन्धलाई सुदर्शन र सुप्रियाले विवाहमा परिणत गरेका हुन् । चलचित्र ‘मेरो एउटा साथी छ’ निर्देशन गरेर चलचित्र क्षेत्रमा उदाएका सुदर्शनले ‘मेरो लभ स्टोरी, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु २’ लगायतका चलचित्र निर्देशन गरेका छन् ।

सुदर्शन र सुप्रियाको बिहेमा सहभागी हुन नायक पुष्प खड्का, संगीतकार अर्जुन पोखरेल, निर्मात्री पूनम गौतम लगायत पनि पुगेका छन् । सुदर्शन र सुप्रियाले शनिबार चलचित्रकर्मी र आफन्तका लागि पार्टीको आयोजना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?