+
+

दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते १९:०३

२२ असोज, पोखरा । लेखक दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक भएको छ । शुक्रबार पोखरामा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, गनेस पौडेल र सरस्वती प्रतीक्षाले संयुक्त रुपमा उपन्यास सार्वजनिक गरेका हुन् ।

पुस्तक सार्वजनिक गर्दै वक्ता कवि प्रतीक्षाले उपन्यासका पात्रहरु यथार्थ र सरल चरित्रका नभई वैचारिक चरित्रका रुपमा आएको बताइन् । ‘प्रेमजस्तो सुन्दर पवित्र कुरा पनि एक अभिसाप मानिन्छ मिथ्या जगतमा । विश्वका मान्छेहरुबीच घट्दै गइरहेको प्रेमलाई पनि मिथ्याले विम्बात्मक ढंगले प्रस्तुत गरेको छ,’ उनले भनिन् । पाठकहरु उपन्यास पढ्दा जति रोमाञ्चित बन्छन् त्यतै नै उडन्ते कथा सम्झेर बहकिने सम्भावना पनि रहेको उनले उल्लेख गरिन् ।

अर्का साहित्यकार गनेस पौडेलले मिथ्याको पात्रले समाजका विभिन्न आयामहरुलाई खोज्ने र भेट्ने बताए । उनले पात्रले अतीत, वर्तमान र भविष्यलाई भेट्दै अन्तिममा आफैंलाई ऐनामा भेट्ने प्रसंग वरिपरि कथा घुमेको समीक्षा गरे ।

कवि तथा लेखक तीर्थ श्रेष्ठले पोखराले उपन्यास विधामा लामो यात्रा पार गर्दै यहाँसम्म आइपुगेको बताए ।

साहित्यकार तथा नाट्यकार सरुभक्तले आफूले लेखक पराजुलीलाई यसअघि नाटककारका रुपमा चिने पनि लेखकका रुपमा पनि उत्तिकै अब्बल रहेको सुनाए ।

स्वैरकल्पनामा आधारित मिथ्या उपन्यासको प्रकाशन बुकहिल पब्लिकेसनले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?