+
+

राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनीको अध्यक्षमा पराजुली

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १२:१४

९ कात्तिक, बुटवल । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनी प्रदेशको अध्यक्षमा बुटवलका खिमनारायण पराजुली निर्वाचित भएका छन् ।

संगठनको दाङमा भएको दोस्रो प्रदेश अधिवेशनबाट पराजुली सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् ।

संगठनको वरिष्ठ उपाध्यक्षमा खेम श्रीषमगर (रुपन्देही), उपाध्यक्षहरुमा गुप्तबहादुर राना (प्युठान), टंक बस्याल (बाँके), खुल्ला उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ (दाङ), महासचिव तारा रोकाय (बाँके) र कोषाध्यक्षमा विष्णुप्रसाद पाण्डे (रुपन्देही) निर्वाचित भएका छन् ।

यस्तै उपमहासचिवमा खिमानन्द पौडेल (कपिलवस्तु), सचिवहरुमा दधिराम सापकोटा (बाँके) र मोहनसिंह ठकुरी (अर्घाखाँची), सहकोषाध्यक्षमा नारदमणि पोखरेल (दाङ) तथा महिला विभाग प्रमुखमा मन्दिरा पाण्डे निर्वाचित भएका छन् ।

अधिवेशनमा प्रदेशका १२ वटै जिल्लाबाट दुई सय ५० जनाप्रतिनिधिको सहभागिता रहेको निवर्तमान अध्यक्ष मनिषकुमार जोशीले बताए ।

संगठनमा प्रदेशभर करिब १२ हजार उद्योगी व्यवसायी सदस्य रहेका जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?