+
+

चेल्सी र आर्सनल इएफएल कपको क्वाटरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १०:०७

काठमाडौं । लण्डन क्लबद्वय चेल्सी र आर्सनल इएफएल कपको क्वाटरफाइनलमा प्रवेश गरेमा छन् ।

मंगलबार राति भएको खेलमा साउथह्याम्पटनलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै चेल्सी अन्तिम आठमा पुगेको हो ।

निर्धारित र अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टीमा चेल्सीका मार्कस अलन्सो, कलुम हड्सन ओडोइ, बेन चिलवेल र जेम्स रिसले गोल गरे । मासन माउन्टले भने गोल गर्न सकेनन् ।

साउथह्याम्पटनका एडम आर्म्सट्रङ, शेन लङ र ओरिओल रोमेउले गोल गरे । थियो वालकोट र विलियम स्मलबोनले गोल गर्न सकेनन् ।

त्यसअघि काइ हाभर्ट्जले ४४ औं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएपनि  ४७औं मिनेटमा साउथह्याम्पटनका चे एडम्सले बराबरीमा गोल गरेका थिए ।

यस्तै आर्सनलले लिड्स युनाईटेडलाई २-० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको छ ।

आर्सनलको जितमा कलुम चाम्बर्स र एडी एनकेटियाले एक एक गोल गरे ।

अर्को खेलमा सण्डरल्याण्डले क्विन्स पार्क रेन्जर्सलाई पेनाल्डी सुटआउटमा ३-१ ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?