+
+

टी-२० विश्वकपमा नामिबियाले स्कटल्याण्डलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते ६:३५

काठमाडौं । पहिलो पटक आईसीसी टी-२० विश्वकप खेलिरहेको अफ्रिकन राष्ट्र नामिबियाले सुपर १२ चरणको पहिलो खेलमै स्कटल्याण्डलाई ४ विकेटले पराजित गरेको छ ।

लो स्कोरिङ खेलमा स्कटल्याण्डले दिएको ११० रनको लक्ष्य नामिबियाले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

सुपर १२ को ग्रुप २ मा रहेको नामिबियाले जितपछि एक खेलबाट २ अंक जोडेको छ । सुपर १२ मा स्कटल्याण्डको भने लगातार दोस्रो हार हो । यसअघि स्कटल्याण्ड अफगानिस्तानसँग पराजित भएको थियो ।

नामिबियाको जितमा जेजे स्मिथले अविजित रहदै सर्वाधिक ३२ रन बनाए ।

यस्तै क्रेग विलियम्सले २३, माइकल भान लिगेनले १८ तथा डेभिड विसाले १६ रन बनाए ।

स्कटल्याण्डका माइकल लिस्कले २ तथा क्रिस ग्रेभ्स, ब्राड ह्विल, मार्क वाट र साफ्यन शारिफले एक/एक विकेट लिए ।

त्यसअघि अबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा आठ विकेट गुमाएर १०९ रन बनाएको थियो ।

पहिलो ओभरमै नामिबयाका रुबेन ट्रम्पेलमानले तीन विकेट लिएपछि स्कटल्याण्डको सुरुवात नाजुक थियो । तर माइकल लिस्क, म्याथ्यु क्रस र क्रिस ग्रिभ्स मिलेर स्कोर सय रन कटाए ।

लस्कटल्याण्डका लागि माइकल लिले सर्वाधिक ४४ रन जोडे । यस्तै क्रिस ग्रेभ्सले २५ र म्याथ्यु क्रसले १९ रन बनाए ।

नामिबियाका रुबेन ट्रम्पेलमानले ४ ओभरमा १७ रन खर्चेर तीन विकेट लिए । यस्तै जान फ्राईलिंकले चार ओभरमा १० रन मात्र खर्चेर दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?