+

बराबरीमा रोकियो लिभरपुल 

२०७८ कात्तिक  १४ गते ६:५४ २०७८ कात्तिक १४ गते ६:५४
बराबरीमा रोकियो लिभरपुल 

काठमाडौं । प्रिमियर लिगमा लिभरपुलले शनिबार ब्राइटनसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदानमा दुई गोलको अग्रता लिएर पनि त्यसलाई कायम राख्न नसक्दा लिभरपुलले बराबरीमा चित्त बुझाउनु परेको हो ।

एनफिल्डमा भएको खेलमा चौथो मिनेटमै जोर्डन हेन्डरसनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । २४औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

३३औं मिनेटमा मानेले गोल गरेपनि भिएआर रेफ्रीले मान्यता दिएन ।

४१औं मिनेटमा ब्राइटनका एनोक मवेपुले गोल गर्दै गोल अन्तर घटाए । ६५औं मिनेटमा ब्राइटनका लागि आन्द्रे ट्रोसार्डले दोस्रो गोल गरेका थिए ।

बराबरीपछि १० खेलबाट २२ अंक जोडेर लिभरपुल दोस्रो स्थानमै छ । शीर्ष स्थानको चेल्सीभन्दा लिभरपुल ३ अंकले पछि छ । ब्राइटन १० खेलबाट १६ अंकसहित छैटौं स्थानमा छ ।

प्रिमियर लिग लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय