+
+

अदालतको कुरामा राजनीतिक क्षेत्रले हात हाल्नु हुँदैन : नेम्वाङ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १२:२८

१५ कात्तिक, काठमाडौं। नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङले अदालतको विषयमा राजनीतिक क्षेत्रले हात हाल्न नहुने बताएका छन् ।

प्रधानन्याधीस चोलेन्द्र शमशेर जबराका विरुद्धमा कानुन क्षेत्र आन्दोलित हुदा दलहरु मौन रहेको आक्षेप आइरहेका बेला नेम्वाङको यस्तो भनाइ आएको हो । ‘अहिले सर्वोच्चमा जे भइरहेको छ, त्यो सारै दु:खद र आश्चर्यजनक हो,’ अनलाइनखबरसँग कुरा गर्दै नेता नेम्वाङले भने, ‘अदालतको कुरामा राजनीतिक क्षेत्रले सारै बढि हात हाल्नु हुँदैन ।’ उनले अरु संस्थाहरु बिग्रिए पनि लोकतन्त्रका लागि अदालतको भूमिका निष्पक्ष भएकाले अदालतमाथि विश्वास गर्नुपर्ने बताए ।

‘त्यसैले अदालतको मामला कानुन क्षेत्रबाट नै टुंगोमा पुर्‍याउनुपर्छ,’ नेम्वाङले भने, ‘अदालतमा खेलोफड्को गर्नु हुँदैन तर भइरहेको छ।’ यसअघि एमाले पनि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै सडकबाट न्यायाधीश हटाउन नहुने बताएको थियो।

सर्वोच्चको विषयमा राजनीतिक क्षेत्रबाट आवाज आउनुपर्ने माग उठिरहेका बेला एमाले जबराको पक्षमा देखिएको छ भने अरु दल मौन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?