+
+

एमालेको दशौं महाधिवेशन सम्पर्क कार्यालय भरतपुरमा स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १८:१८
भरतपुरमा सम्पर्क कार्यालय उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली

१५ कात्तिक, चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको सम्पर्क कार्यालय चितवनको भरतपुरमा स्थापना भएको छ । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।

एमालेको महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते चितवनमा हुँदैछ । नारायणी नदी किनारमा उद्घाटन समारोह र सौराहामा बन्दसत्र हुनेछ ।

एमाले चितवनको पार्टी कार्यालय भरतपुर–१० मदनपुरमा रहने गरी महाधिवेशन सम्पर्क कार्यालय खोलिएको हो । एमाले चितवनकी अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारीका लागि आवश्यक सबै काम सम्पर्क कार्यालयबाट हुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?