+
+

भाइबरले ग्रुप च्याटमा निश्चित समयपछि म्यासेज देख्न नमिल्ने नयाँ फिचर ल्याउँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते १३:१५

काठमाडौं । राकुटेन भाइबरले अब आफ्ना प्रयोगकर्ताहरूका लागि ग्रुप च्याटमा निश्चित समयपछि म्यासेजहरू देख्न नमिल्ने सुविधा ल्याउने भएको छ ।

यो सुविधा, यस अघि व्यक्ति–व्यक्ति बीचको कुराकानीमा मात्र उपलब्थ थियो । भाइबरको यो सुविधाबाट प्रयोगकर्ताहरू आफैंले म्यासेजहरू कति समयपछि अदृश्य बनाउने त्यसको समय सेट गर्न सक्नेछन् र साथसाथै ग्रुप च्याटमा तुरुन्तै एक्टिभेट गर्न मिल्ने यो सन्देशहरु अदृश्य गर्ने उपयोगिताको  प्रयोगसँगै म्यासेज फरवार्ड गर्ने, कपी गर्ने अथवा म्यासेजको स्क्रिन सट लिने जस्ता गतिविधिहरू एप आफैंले गर्न नमिल्ने बनाउनेछ ।

भाइबर क्रस प्लेटफर्म सन्देश र आवाज सहितको सञ्चार हो जसको हालै मात्र गुगल प्लेमा संसारभर डाउनलोड गर्नेको संख्या एक अर्ब नाघेको छ ।

यो फिचर ग्रुप च्याटमा सेट गरी आफ्नो स्टाटस बदल्नका लागि प्रयोगकर्ताहरू अनेक चरणहरूबाट जानुपर्ने छैन । भाइबरको फिचर प्रयोग गरेर ग्रुप च्याटभित्रै सदस्यहरू सजिलैसँग खोल्न र बन्द गर्न सक्नेछन् ।

यो उपयोगिता अझ फराकिलो बनाएपछि अब प्रयोगकर्ताहरू ग्रुप च्याटमै आफ्ना म्यासेज पढिएको दश सेकेण्डदेखि एक दिनपछि देख्न नमिल्ने बनाउन म्यासेजमा डिसअपियरिङ अप्सन सेट गर्न सक्नेछन् । डिसअपियरिङ विकल्प चालुभएको अवस्थामा भाइबरले अब एन्ड्रोइड ६ र अन्य प्रयोग गरिरहेका उपकरणहरूमा म्यासेज फरवार्ड, कपी र स्क्रिन सटजस्ता गतिविधिहरूलाई रोक्नेछ । पुरानो भर्जनको एन्ड्रोइड र आईओएस चलाइरहेका प्रयोगकर्ताहरूलाई भने यदि ‘ग्रुप च्याट’ को कुनै सदस्यले स्क्रिन सट लिएको अवस्थामा भाइबरले सुचना दिनेछ । यो फिचर जुनसुकै प्रकारको फोटो, भिडियो र स्टिकर्स म्यासेजमा लागु गर्न सकिने छ ।

भाइबरमा व्यक्तिगत र समूहमा गरिएको सबै कुराकानी इनक्रिप्ट गरिन्छ, जसलाई ‘गोप्यकरण’ पनि भनिन्छ । जसले गर्दा प्रयोगकर्ताहरू आफ्नो कुराकानीको गोपनियता र सुरक्षालाई लिएर आश्वस्त रहन सक्नेछन् । भाइबर आफ्नो प्रयोगकर्ताहरू प्रति सदैव प्रतिबद्ध रहेको अर्को बुलन्द उदाहरण हो अदृश्य फिचर, जहाँ प्रयोगकर्ताहरू आफ्ना गोपनियतालाई लिएर अझ निश्चिन्त रहन सक्नेछन् ।

प्रयोगकर्ताहरूको गोपनीयता हामीलाई जहिल्यै पनि सबैभन्दा ठूलो चासोको विषय रहीआएको भाइबर उत्पादनका उपाध्यक्ष नादभ मेल्निक बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?