+
+

धनवन्तरीमा ६२ करोड रुपैयाँको सुन-चाँदीको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते १३:०६
फाइल तस्वीर

१७ कात्तिक, काठमाडौं । मंगलबार देशभर करिब ६२ करोड रुपैयाँ बराबरको सुन-चाँदीको कारोबार भएको व्यवसायीहरुले दाबी गरेका छन् । धनवन्तरीको दिन सुन तथा चाँदीको गहना जोड्ने धार्मिक मान्यताअनुसार उपभोक्ताहरु सुन चाँदी खरिदमा उल्लेख्य रुपमा सहभागी भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार बिहानैदेखि कारोबार थालेका सुन चाँदी पसल रातिको १० बजेसम्म खुलेको महासंघले जनाएको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यकाअनुसार मंगलबार ५० किलो सुन र २ हजार किलो चाँदीको कारोबार भएको प्रारम्भिक अनुमान गरिएको छ । ‘मंगलबार बजार मूल्यअनुसार ४० करोड बराबरको सुन र २२ करोड मूल्य बराबरको चाँदीको कारोबार भएको प्रारम्भिक अनुमान नगरिएको छ,’ अध्यक्ष शाक्यले भने ।

यस वर्ष धनवन्तरीको दिन कोभिड अघिको बेलामा भन्दा धेरै सुन चाँदीको कारोबार भएको महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताए । ‘अपेक्षा गरे भन्दा धेरै सुन चाँदीको कारोबार मंगलबार भएको विवरण देशभरबाट आएका छन्,’ महासचिव बज्राचार्यले भने, ‘पूर्ण विवरण आउँदासम्म कुल कारोबार रकम एक अर्बभन्दा बढी पुग्न सक्ने प्रारम्भिक अनुमान गर्न सकिन्छ ।’ कोभिडका कारण झण्डै तीन वर्षदेखि सुन-चाँदीको कारोबार प्रभावित बनेको थियो । तर यस वर्ष सुन-चाँदीको कारोबार उत्साहजनक भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?